रामेछापमा सत्ता गठबन्धनमा विद्रोह, चौलागाईको विरुद्ध डिल्लीमान तामाङको स्वतन्त्र उम्मेदवारी दर्ता



२३ असोज, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनमा विद्रोह सुरु भएको छ । सत्ता गठबन्धनले तय रामेछाप प्रदेश ख मा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका युवराज चौलागाईको विरुद्धमा आफ्नै पार्टीका नेता डिल्लीमान तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले सुरुमा संविधानसभा सदस्य तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेपनि अन्तिम अवस्थामा आएर संघको टिकटको दावी गरेका चौलागाईले प्रदेश ख को टिकट लिएका थिए । जिल्ला पार्टीको सिफारिस विपरीत चौलागाईले टिकट लिएको भन्दै तामाङले आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।डिल्लीमान तामाङको समर्थकमा निर्मल बोहोरा, प्रस्तावक मान बहादुर तामाङ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्