रामेछापमा सत्ता गठबन्धनमा अर्को विद्रोहः एकीकृत समाजवादीबाट पनि संघ र प्रदेशमै उम्मेदवारी दर्ता



२३ असोज, रामेछाप ।
केन्द्रमा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा सहमति भएपनि उम्मेदवारी दर्ता गर्ने क्रममा रामेछापमा सत्ता गठबन्धनकै साझा उम्मेदवारको विरुद्ध उम्मेदवारी दर्ता भएको छ । रामेछापमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका सभापति पूर्ण बहादुर तामाङ, प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ र प्रदेश ख मा माओवादीकै युवराज चौलागाईले आज उम्मेदवारी दर्ता गराएका छन् । तर सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि प्रतिनिधिसभा र दुवै प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको छ । समाजवादी रामेछापबाट प्रतिनिधिसभाका लागि देवशंकर पौडेल, प्रदेशसभा सदस्य क मा रमेशकुमार बस्नेत र प्रदेश ख मा झम्क कंडेलले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभाका उम्मेदवारी दर्ता गराउनुभएका रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलले आफूहले तीन मध्ये एक सिटमा दावी गरेपनि नपाएकाले पार्टीको निर्णय अनुसार नै उम्मेदवारी दर्ता गराएको रामेछाप न्युजलाई बताए । उनले भने,‘पार्टी अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको टिकट लिएर आज हामीले उम्मेदवारी गराएका छौ, यो उम्मेदवारी फिर्ता हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्