रामेछापमा एमालेको जितलाई सत्ता गठबन्धनले रोक्न सक्दैनः कैलाश ढुंगेल



२३ असोज, रामेछाप ।
नेकपा एमालेबाट रामेछापको प्रतिनिधिसभा उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् । उम्मेदवारी दर्ता गराएपछि रामेछाप न्युजलाई प्रतिक्रिया दिदै उनले सत्ता गठबन्धनको विरुद्ध विजयी हासिल गर्न एमालेसँग बलियो संगठन र जनता रहेको बताएका हुन् ।

ढुंगेले भने,‘हामीले रामेछापको विकासका लागि काम गरेका छौ, जनताले विश्वास गरेका छन्, यो विश्वासलाई आगामी दिनमा पनि कायमै राखेर काम गछौं ।’ बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रहेका ढुंगेलले आफू मन्त्री हुँदा रामेछापको विकासको लागि महत्वपूर्ण योगदान गरेको बताए । रामेछाप विकास र समृद्धिको लागि आफ्नो पार्टीले जित्न आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्