रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारको विरुद्ध बागी उम्मेदवारको बिगबिगी, यी हुन बागी उम्मेदवार दिनेहरु (नामसहित)



२३ असोज, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको एक सिटको लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन भने दुई जना प्रदेशसभा सदस्यको लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीका नवराज घिमिरेले दिएको जानकारी अनुसार साँझसम्म उम्मेदवारी दर्ता गर्ने क्रम सम्पन्न भएको छ । सत्ता गठबन्धनका उम्मेदवारको विरुद्ध धेरै बागी उम्मेदवारी परेको छ । नेकपा एमालेका उम्मेदवारको विरुद्ध भने बागी उम्मेदवारी दर्ता भएको छैन् । सत्ता गठबन्धनका उम्मेदवारको विरुद्ध आफ्नै पार्टीभित्रबाट विद्रोह गर्दै बागी उम्मेदवारी चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्