यस पटक गठबन्धनले रामेछापमा सहजै चुनाव जित्छः कान्छाराम



२३ असोज, रामेछाप ।
सत्ता गठबन्धनबाट रामेछापका प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पूर्णबहादुर तामाङ कान्छारामले यस पटक गठबन्धनले सहजै निर्वाचन जित्ने बताएका छन् । उनले गठबन्धन बलियो रहेको बताउदै विगतमा निर्वाचनमा थोरै मतले पराजित भएपनि यस पटक निर्वाचन सहजै जित्ने बताएका हुन् ।

उम्मेदवारी दर्ता गराएपछि रामेछाप न्युजलाई प्रक्रिया दिदै तामाङले विगतमा बाम गठबन्धनको आफू थोरै मात्र मतले पराजित भएको बताउदै यस पटक ठूलो मतान्तरले चुनाव जित्ने बताए ।

उनले भने,‘गत निर्वाचनमा पराजित भएपनि चुनावमा गरेको प्रतिबद्धता पूरा गरेको छु, रामेछापको विकास र समृद्धिको लागि यस पटक पनि उम्मेदवार बनेको छु, नसक्ने कुरा बोलदिन, बोलेको बाचा पूरा गर्छु ।’

रामेछापवासीको सेवा गर्नका लागि नै आफू उम्मेदवार बनेको बताउदै कांग्रेस रामेछापका सभापति समेत रहेको तामाङले रामेछापको विकास गर्नका लागि उम्मेदवार बनेको बताए । उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुले विश्वास गरेर टिकट दिएको बताउदै गठबन्धनभित्रका सहयात्री दलहरुबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्