चुनावको मुखमा रामेछाप आइपुग्यो कान्छाराम तामाङको हेलिकोप्टर



२५ असोज, रामेछाप ।
सत्ता गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामको हेलिकोप्टर रामेछाप आइपुगेको छ । कान्छाराम अध्यक्ष रहेको अन्नपूर्ण हेलिकोप्टर व्यवसायिक उडान गर्दै मंगलवार मन्थली विमानस्थलमा अवतरण गरेको हो । मन्थलीमा अवतरण गरेको हेलिकोप्टरका पाइलटलाई तामाङले स्वागत गरेका थिए । उक्त हेलिकोप्टर केही समय अघि मात्र नेपाल भित्रिएको थियो । पाँच सिट क्षमताकाे हेलिकाेप्टर हिमाली क्षेत्रकाे उद्धार र अन्य मानविय कार्यमा पहिलाे पहिलो प्राथमिकता हुने तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्