अन्ततः युवराज चौलागाईको विरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीमान तामाङले आज उम्मेदवारी फिर्ता लिने



२६ असोज, रामेछाप ।
रामेछाप प्रदेश ख मा नेकपा माओवादीका उम्मेदवार युवराज चौलागाईको विरुद्ध बागी उम्मेदवारी दिएका माओवादीका नेता डिल्लीमान तामाङ आज उम्मेदवारी फिर्ता लिने भएका छन् । मंगलवार जिल्लाका पदाधिकारी र बागमती प्रदेश कमिटीका पदाधिकारीबीच भएको सहमति अनुसार रामेछापमा माओवादीलाई सांगठानिक रुपमा बलियो बनाउने सहमतिसहित तामाङले उम्मेदवारी फिर्ता लिन तयार भएका हुन् ।

रामेछाप न्युजलाई एक नेताले दिएको जानकारी अनुसार माओवादी प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले पार्टीले टिकट दिएका आधिकारीक उम्मेदवारलाई जिताउनका लािग तामाङलाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेका हुन् ।

योसँगै गठबन्धनबाट उम्मेदवार बनेका चौलागाईलाई सहज भएको छ । गत प्रतिनिधिसभाको निर्वाचनमा पनि श्यामकुमार श्रेष्ठको विरुद्ध हाल दारम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष एवं माओवादी रामेछापका संयोजक मैन कुमार मोक्तानले बागी उम्मेदवारी दर्ता गराएका थिए । अन्तिम समयमा उम्मेदवारी फिर्ता गराउनका लागि श्रेष्ठले नेपाली सेनाको हेलिकोप्टर चार्डर गरेर मन्थली आएर मोक्तानले उम्मेदवारी फिर्ता लिएका थिए । यस पटक पनि तामाङ उम्मेदवारी फिर्ता लिनको लागि आफ्ै गाडीमा जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्