रामेछापमा माओवादीका बागी उम्मेदवार तामाङ र पौडेलले फिर्ता लिए उम्मेदवारी, चौलागाई-श्रेष्ठलाई राहत



२६ असोज, रामेछाप ।
नेकपाबाट गठबन्धनका साझा उम्मेदवारको विरुद्ध रामेछापको प्रदेश क र प्रदेश ख मा बागी उम्मेदवारी दर्ता गराएका माओवादीका नेता डिल्लीमान तामाङ रविन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको निर्देशन अनुसार बुधवार निर्धारित समयसीमा भित्र नै तामाङ र पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जिल्ला पार्टी र माओवादी बागमती प्रदेश कमिटीको निर्देशन अनुसार प्रदेश क मा तारानारायण श्रेष्ठको विरुद्ध उम्मेदवारी दिएका रविन्द्र पौडेल र प्रदेश ख मा युवराज चौलागाईको विरुद्ध उम्मेदवारी दिएका संविधानसभा सदस्य डिल्लीमान तामाङले उम्मेदवारी फिर्ता लिदै गठबन्धनका साँझा उम्मेदवारलाई जिताउन लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । आज उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा असोज २३ गते दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन् । तामाङ र पौडेलको उम्मेदवारी फिर्ता भएसँग गठबन्धनबाट उम्मेदवार बनेका चौलागाई र श्रेष्ठलाई भने राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्