रामेछापमा एमालेले तोक्यो चुनावी कमाण्डर



२६ असोज, रामेछाप ।
नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । एमाले रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार एवं जिल्ला इन्चार्ज कैलाश ढुंगेलको अध्यक्षमा बसेको जिल्ला कमिटीको बैठकले निर्वाचनका लागि चुनावी कमाण्डर तोक्ने निर्णय गरेको हो ।एमाले रामेछापका प्रचार विभाग प्रमुख एवं पार्टीका उपसचिव प्रकाश कुमार कार्कीले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षमा ११ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय भएको बताए ।

उनका अनुसार प्रचार जिल्ला सचिव पुरुषोत्तम कडरियाको संयाजकत्वमा ११ सदस्यीय प्रतिबद्धता मस्यौदा समिति गठन गरेको छ ।
त्यसैगरी प्रचार प्रसार समितिको संयोजकमा उपसचिव प्रकाश कुमार कार्कीको संयाजकत्वमा ५१ सदस्यीय समिति गठन गर्दै प्रदेश क निर्वाचन परिचालन समितिका संयोजकमा उपसचिव होतराज ढकाल, प्रदेश ख को निर्वाचन परिचालन समितिको संयाजकमा पार्टीका उपाध्यक्ष इन्द्र बहादुर तामाङ, युवा परिचालन समितिका संयोजकमा रविन्द लामालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्