रामेछापको विकास गर्न प्रतिबद्ध छुः कैलाश ढुंगेल



३१ असोज, रामेछाप ।
नेकपा एमाले रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । उनले विगतमा बागमती प्रदेशका अर्थमन्त्री भएर रामेछाप जिल्लाको विकासमा योगदान गरेको बताउदै आगामी निर्वाचनमा पनि रामेछापवासीले जिताउने विश्वास व्यक्त गरे ।
एमाले रामेछाप नगरपालिका कमिटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार ढुंगेलले विगतमा पनि मन्त्री भएर रामेछाप जिल्लामा सडक शिक्षा, खेलकुद खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको बताए ।

उनले भने,‘विगतमा सुरु गरेका केही काम पूरा गर्न बाँकी छ, प्रतिनिधिसभामा निर्वाचित भएर रामेछापको विकासमा योगदान दिन्छु ।’ यसैबीच् कार्यक्रममा रामेछाप नगर कमिटीले ४०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्