यस पटक रामेछापवासीले चुनाव जिताउनेमा ढुक्क छुः कान्छाराम



३१ असोज, रामेछाप ।
बाम लोकतान्त्रिक गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले यस पटक रामेछापवासीले चुनाव जिताउनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले गत निर्वाचनमा थोरै मतले मात्र चुनावमा पराजित भएपनि चुनावमा गरेको प्रतिबद्धता पुरा गरेर अहिले पुनः उम्मेदवार भएर आएको बताएका हुन् ।
लिखु तामाकोसी गाउँपालिकाको नागदहमा आज आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार तामाङले भने,‘गत चुनावमा गरेको बाचा पुरा गरेर अहिले पुनः प्रतिनिधिसभाको उम्मेदवार भएर आएको छ, यस पटक जिताउनेमा विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्