२८ लाख घुससहित रामेछाप खानेपानी कार्यालयका इन्जिनियर नवराज सत्याल र थापा रंगेहात पक्राउ



२ कात्तिक, काठमाडौं ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई २८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगबाट खटिएको विशेष टोलीले सत्याल र थापाको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको गरेको हो ।

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित इन्छिनगाउँ खानेपानी उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले घुस रकम लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । उनका अनुसार विगत लामो समयदेखि उपभोक्ताबाट आएको उजुरीको आधारमा लामो समयको निगरानीपछि पैसासहित रंगेहात पक्राउ गरिएको हो । अख्तियारको टोलीले उनीहरुलाई आज मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्