अपडेटः घुससहित पक्राउ परेका खानेपानी कार्यालयका इन्जिनियर सत्याललाई साँझ काठमाडौं लगियो



२ कात्तिक, रामेछाप ।
आज मन्थली नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले २८ लाख घुसहित रंगेहात पक्राउ परेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर थापालाई साँझ काठमार्डाैं लगिएको छ । विशेष सुराकीको आधारमा काठमाडौंबाट खटिएको अख्तियारको टोलीले आज दिउसो नगद र चेकसहित उनीहरुको साथबाट २८ लाख पक्राउ गरेको थियो । दिनभर प्रारम्भिक अनुसन्धान गरेर अख्तियारको टोलीले साँझ थप अनुसन्धानका लागि काठमाडौं लगेको हो ।

पक्राउ गर्ने टोलीमा संलग्न अख्तियारका एक अधिकारीले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार पक्राउ परेका दुवै जनालाई अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर हुनेछ । उनका अनुसार पक्राउ पर्ने सत्याल र थापाले आफूहरुले घुस बापत सो रकम लिएको स्वीकार गरेका छन् । मन्थली नगरपालिका–६ भलुवाजोरस्थित इन्छिनगाउँ खानेपानी उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले घुस रकम लिएको सूचना समितिका सदस्यहरुले अख्तियारलाई दिएका थिए । सोही अनुसार केही दिन अघिबाटै अख्तियारको टोलीले विशेष निगरानी मार्फत आज रंगहोत पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्