रामेछापभित्र बाँकी रहेका मुख्य सडक पाँच बर्षभित्र कालोपत्रे गछौः कैलाश ढुंगेल



२ कात्तिक, रामेछाप ।
नेकपा एमालेबाट रामेछापका प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले गत पाँच बर्षमा नेकपा एमालेको नेतृत्वको सरकारले रामेछापमा विकासको लहर ल्याएको बताएका छन् । उनले विगतमा गरेको कामको आधारमा पनि आगामी निर्वाचनमा पनि एमालेलाई नै जिताउने दावी गरेका हुन् ।
एमाले एमाले रामेछापले बुधबार सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य समेत रहेको उम्मेदवार ढुंगेलले रामेछापको विकास गर्नका लागि गठबन्धनसँग कुनै योजना नै नरहेको बताए । विगतमा सुरु गरेको विकास योजना पूरा गर्ने प्रतिबद्धता जनाउदै उनले भने,‘मन्थली–गाल्बा–चौँरी सडक, खिम्ती–बाम्ती सडक, तिल्पुङ–धोबी–सिरिसे ढाँडे सडक, रामेछाप–साघुटार सडक लगायतका सडक योजनाहरू आगामी पाँच वर्षमा पिच गरेर देखाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्