सांसद जितेपछि तलब भक्ता विकासमा खर्च गर्ने कान्छरामको घोषणा



२ कात्तिक, रामेछाप ।
बाम लोकतान्त्रिक गठबन्धनबाट रामेछापका प्रतिनिधिसभाका उम्मेदवार पूर्ण बहादुर तामाङले सांसद जितेपछि आउने तलब भक्ता रामेछापवासीको सेवामा खर्च गर्ने घोषणा गरेका छन् । उनले तलब भक्ता बापत आउने पैसा रामेछापवासीको सेवामा खर्च गर्ने घोषणा गरेका हुन् ।
बुधवार लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा आयोजित चुनावी सभालाई सम्बोधन उम्मेदवार तामाङले आफूलाई सरकारले दिने तलब भक्ता आवश्यक नभएको बताउदै एक मात्र चाहना जिल्लाको विकास गर्नु रहेको बताए । यस पटक रामेछापवासीले आफूसहित गठबन्धनका उम्मेदवारलाई जिताउने विश्वास गर्दै गठबन्धले जिते मात्र समृद्ध रामेछाप निर्माण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्