बागमती प्रदेशमा उत्कृष्ट काम गर्ने रामेछापका डिएसपी राजकुमार थिङ सम्मानित



२ कात्तिक, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङ बागमती प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा आयोजित कार्यक्रमको बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य थिङसहित उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतहरुलाई सम्मान गरेका हुन् । आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत कार्यरत १७ जना प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा पत्रसहित तथा ९ जना प्रहरी कर्मचारीहरूलाई नगदद्वारा पुरस्कृत गरिएको हो । पुरस्कार वितरण कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले अब सम्पूर्ण जनशक्ति निर्वाचनमा हुनुपर्ने बताइन । उनले प्रहरी पोसाक लगाएको प्रहरी सदैव निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउँदै सबै नागरिकहरूलाई समान रूपले व्यवहार गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिइन ।

प्रतिक्रिया दिनुहोस्