अब सुनापति गाउँपालिकाभित्र सार्वजनिक स्थलमा रक्सी र चुरोट खाए पक्राउ गरिने (सूचनासहित)



३ कात्तिक, रामेछाप ।
सुनापति गाउँपालिकाले सार्वजनिक स्थलमा रक्सी र चुरोट सेवन गर्नेलाई पक्राउ गर्नेसहितको सार्वजनिक सूचना जारी गरेको छ । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीद्धारा जारी विज्ञप्तीमा सार्वजनिक स्थलमा मध्यपान र धुम्रपान नगर्न आग्रह गरिएको छ । सार्वजनिक स्थलमा मध्यपान र धु्रमपान गरेको विषयमा वडा कार्यालय र प्रहरीले अनुगमन हुने बताउदै विज्ञप्तीमा सार्वजनिक स्थलमा रक्सी चुरोट खाएको अवस्थामा नियन्त्रणमा लिन समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्