रामेछापमा गठबन्धनको विरुद्ध गठबन्धनमै आबद्ध एकीकृत समाजवादी एक्लै चुनाव लडदै



४ कात्तिक, रामेछाप ।
केन्द्रबाट सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँड भएपनि रामेछापमा भने नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ । असोज २३ गते सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र भागवण्डा गरेको भन्दै समाजवादीले रामेछापको प्रतिनिधिसभा र दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको थियो ।

समाजवादीले प्र्रतिनिसधामा उम्मेदवारी दिएका देवशकंर पौडेल र प्रदश ख मा उम्मेदवारी दिएका झम्क कंडेलको उम्मेदवारी खारेज गरेपनि प्रदेश क मा उम्मेदवारी दिएका रमेश वस्नेतको उम्मेदवारी भने कायमै राख्ने निर्णय गरेको थियो । समाजवादीले प्रदेश क मा गठबन्धनसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय अनुरुप भोलीबाट चुनावी अभियान अघि बढाउने भएको छ । मन्थली नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका प्रदेश ख का उम्ममेदवार रमेश वसनेतले भोलीबाट चुनावी अभियान अघि बढाउने रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार भोली लिखु तामाकोसी गाउँपालिकाबाट चुनावी अभियान अघि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्