चुनावका लागि रामेछापमा २५ सय सुरक्षाकर्मी परिचालन हुने



४ कात्तिक, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछाप जिल्लाभर करिब २५ सय सुरक्षाकर्मी परिचालन हुने भएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाको आठ वटा स्थानीय तहमा २५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको हो । सुरक्षा निकाय स्रोतले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार जिल्लाभित्रको सुरक्षा संवेदनशिलतालाई हेरेर थप सुरक्षाकर्मी परिचालन हुनेछ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुनेछन् । चुनावका लागि ११ सय म्यादी प्रहरीले हाल धमाधम तालिम गराइएको छ । जिल्लाको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षैत्र अन्र्तगत ९६ वटा मतदान स्थल र २२६ मतदान केन्द्र रहेको छ ।

आगामी निर्वाचनका लािग रामेछापमा १ लाख ८३ हजार ३०९ जना मतदाता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल लाख ७८ हजार ८ सय ६७ जनाले मतदान गरेका थिए । निर्वाचनका लगि रामेछापको प्रदेश ख मा ९३ हजार ८३७ र प्रदेश ख मा ९४ हजार ५२ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्