रामेछापमा बसले किचेर महिलाको मृत्यु



८ कात्तिक, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका –१४ फुलासी पोखरीमा एक महिलाको बसले किचेर मृत्यु भएको छ । मन्थलीबाट देउराली तर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ ख २२९५ नम्बरको बसले यात्रुहरु झारी बस अगाडि बढ्ने क्रममा सोहि बसमा यात्रा आएकी फुलासीकी करिब ५० बर्षिय चन्द्र कुमारी परियारको बसबाट झर्दा बसको पछाडी पट्टीको चक्कामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापले हिजो दिउसो भएको दुर्घटनाको कारण परियारको घटनास्थलमै मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार बस चालक तथा बस प्रहरी चौकी फुलासीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्