अहाँ ! हिमाली जिल्ला रामेछापमा खुलेको नुम्बुर हिमाल



८ कात्तिक, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा अवस्थित नुम्बुर हिमाल खुलेको छ । गुम्देलको शीरको रुपमा रहेको नुम्बुर हिमाल मौसम खुलेसँगै निकै आकर्षक र सुन्दर देखिएको छ ।

नुम्बुर हिमाल लिखु नदीको शिर पनि हो । गुम्देलबाट नुम्बुर हिमाल नजिकै नियाल्न सकिन्छ । लुम्बुर हिमालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुको समेत भिड बढन थालेको उमाुकण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस्