रामेछापको विकासको नेतृत्व एमाले बाहेक अरुले गर्न सक्दैनः कैलाश ढुंगेल



८ कात्तिक, रामेछाप ।
रामेछापका लागि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश ढुंगेलले रामेछापको विकासको जग एमालेकै नेतृत्वमा सुरु भएको बताएका छन् । उनले आफ्नो पार्टीले विकासको जग हालेकाले जिल्लाको विकास एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताएका हुन् । उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेले जित्नु पर्ने बताउदै सिंगो देशको विकास गर्ने नेतृत्व एमालेले मात्र गर्न सक्ने बताए ।

चुच्चे नक्सालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने छ, नागरिकताको विषयमा पनि हामी सचेत छौँ । उत्तरबाट रेलको लिक बनाएर लुम्बिनीसम्म लाने कामको थालनी भइसकेको छ, ढुंगेलले भने ।रामेछाप पत्रकार समाजद्धारा रामेछापको विकासको विषयमा उम्मेदवारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा आफ्नो धारणा राख्दै उम्मेदवार ढंगेलले देशको विकास र सामाजिक सुरक्षाका लागि एमालेले जित्ुन पर्ने बताए ।
‘रामेछापमा आवधिक योजनाको थालनी हामीले गरेका हौँ, विकासको काम धेरै भएका छन् । घरघरमा पानी, विजुलीको व्यवस्था गरेका छौँ । कृषि, पशुपालनको क्षेत्रमा पनि धेरै काम भएका छन् । स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम भएको छ । रोजगारीको सिर्जना पनि गर्दैछौ’, उनले भने,‘रामेछाप भारी बोक्नेको जिल्लाबाट समृद्ध जिल्लाको रुपमा अगाडि बढ्दै छ । पर्यटन क्षेत्रको विकासमा पनि धेरै काम भएको छ ।’

आफू बागमती प्रदेश सरकारको अर्थमन्त्री हुँदा प्रदेशका १३ वटै जिल्लाको अवस्थाको अध्ययन गर्दा सबैभन्दा कमजोर रहेको रामेछाप थोरै समयमा नै सातौँ स्थानमा आइपुगेको बताउदै उनले जिल्लामा अधुरा काम पूरा गर्न पनि आफूले उम्मेदवार दिएको बताए ।
उम्मेदवारमा मैले चासो नदिएको अवस्था हो, मेरै नाममा आयो । चुनावी मैदानमा होमिए । जसको नीति, उसैको नेतृत्व भन्ने हिसाबले एमालेले भोट पाउनुपर्छ, पृथ्वीनै प्वाल परे, १९ रेक्टरको भूकम्प आए मात्रै एमाले हार्ने हो, नत्र एमालेको जित सुनिश्चित छ, उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्