रामेछापमा चुनावी अभियान तीब्र पादै सत्ता गठबन्धन



८ कात्तिक, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनले रामेछापमा चुनावी अभियान तीब्र पारेको छ । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरु भोट माग्न चुनावी सभा देखि कोषसभा हुँदै घरदैलो अभियानमा जुटेका छन् ।
रामेछापका लागि गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पूर्ण बहादुर तामाङ कान्छाराम रामेछाप प्रदेश ‘क’का उम्मेदवार तारानारायण श्रेष्ठलाई साथ लिएर चुनावी अभियानमा जुटेका छन् । गठबन्धनले उमाकुण्ड, गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाका विभिन्न स्थानमा चुनावी सभा गरेको छ । त्यसैगरी प्रदेश ख का लागि गठबन्धनका साझा उम्मेदवार युवराज चौलागाईले पनि चुनावी अभियानलाई तीब्रता दिएका छन् । मन्थली नगरपालिकाको फुलासी हुँदै दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिकाको विभिन्न ठाउँमा चुनावी सभा र घरदैलो अभियान तीब्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्