चुनावका लागि रामेछापमा ११ सय म्यादी प्रहरी तयार



९ कात्तिक, रामेछाप ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछापमा ११ सय म्यादी प्रहरी तयार पारिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले भर्ना मार्फत छनोट गरेर ११ सय म्यादी प्रहरीलाई तालिम दिने कार्य सम्पन्न गरेको हो । निर्वाचनमा सुरक्षार्थ आवश्यक व्यवसायिक ज्ञान सिप हासिल गराउने उदेश्यले म्यादी प्रहरी तालिम पाठ्यक्रममा आधारित रही असोज ३० गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।

तालिम अवधीभर म्यादी प्रहरीहरुलाई बाह्य प्रशिक्षण अन्तर्गत कवाजको परिचय,गोडाफाट,सतर्क,सामेली,सलाम,दायाँ फर्क,बायाँ फर्क,अगाडि बढ÷ हट,लाठीको परिचय तथा चिठ्ठी सलाम दि कवाजको आधारभुत कवाज प्रशिक्षण गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । निर्वाचनमा खटिने अन्य सुरक्षा निकाय तथा म्यादी प्रहरीको काम कर्तव्य, निर्वाचन आचारसंहिता, सूचना संकलन तथा खबर आदान प्रदान,मतदान केन्द्रको बनावट सम्बन्धी जानकारी,भिड नियन्त्रण र मतदान केन्द्रको सुरक्षा सम्बन्धी जानकारी,भौगोलिक राजनैतिक अवस्था तथा चुनौतिहरु गस्ति लगाएतका प्रशिक्षण दिदै तालिम सम्पन्न भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्