रामेछापको विकासमा मन बचन र कर्मबाट काम गर्छुः कान्छाराम



९ कात्तिक, काठमाडौं ।
सत्ता गठबन्धनबाट रामेछापको प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्ण बहादुर कान्छारामले रामेछापमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गरेका छन् । उनले विगतमा थोरै मतले मात्र आफू पराजित भएको बताउदै यस पटक नेकपा माओवादी केन्द्रसँग गठबन्धन रहेकाले जित्ने प्रमुख आधार रहेको बताएका हुन् । उम्मेदवार तामाङले विगतमा निर्वाचितमा पराजित भएर पनि आफूले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गरेको बताउदै रामेछाप न्युजसँग भने,‘नसक्ने प्रतिबद्धता जनतासँग गदैनौ, सक्ने प्रतिबद्धता पाँच बर्षे कार्यकालमा पूरा गरेर देखाउँछौं ।’

रामेछापका आवश्यकता आफूले नजिकबाट पहिचान गरेको बताउदै तामाङले जनताको चाहना र आवश्यकतालाई प्राथमिकता दिएर योजनाबद्ध रुपमा विकास निर्माणको काम अघि बढाउने बताए । उनले आफूले निर्वाचनमा जितेपछि निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम अघि बढाउने बताए । तामाङले भने,‘यस पटक गठबन्धनबाट उम्मेदवार बनेका सबै उम्मेदवारले जिन्छन, रामेछापको विकास गठबन्धनले मात्र गर्छ सक्छ ।’

प्रतिक्रिया दिनुहोस्