रामेछापको विकासका लागि एमालेले नै जित्नु पर्छः मिलन घिसिङ



९ कात्तिक, रामेछाप ।
रामेछाप प्रदेश ख का लागि नेकपा एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार मिलन कुमार घिसिङले रामेछाप जिल्लाको समग्र विकासका लागि एमालेले नै जित्नु पर्ने बताएका छन् । प्रदेश ख मा सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धा मार्फत जित हासिल गर्न एमाले सक्षम रहेको बताउदै एमालेलेको जित सुनिश्चित रहेको दावी गरेका हुन् ।

उनले रामेछाप न्युजसँग भने,‘रामेछापको विकास र समृद्धिका लागि एमालेले नै जित्नु पर्छ, रामेछापवासीले एमालेलाई नै जिताउने विश्वास लिएका छौं ।’

रामेछापभित्रको सडक निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा परिवर्तन गर्न र रामेछाप जिल्लाभित्र नै रोजगारी सृजना गर्ने काम एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताउदै कृषि र पर्यटन क्षेत्रको विकासलाई अघि बढाउन आफ्नो पार्टीले जित्ने दावी गरे । घिसिङले भने,‘म रामेछापको माटो र जनतासँग भिजेको व्यक्ति हुँ, जनताको चाहना र आवश्यकता बुझेको छु, सांसद नहुँदा पनि सामाजिक काम गरेर पुष्टि गरिसकेको छु, एक कार्यकाल प्रदेशसभा सांसद भएर रामेछापवासीको सेवा गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्