कान्छारामलाई भारी मत दिएर जिताएर पठाउनु पर्छः श्याम कुमार श्रेष्ठ (भिडियोसहित)



१० कात्तिक, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज एवं चुनावी कमाण्डर श्याम कुमार श्रेष्ठले यस पटकको निर्वाचनमा प्रतिनिधिसभाका सदस्यका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामलाई भारी मत दिएर जिताएर पठाउनु पर्ने बताएका छन् । निवर्तमान सांसद समेत रहेका श्रेष्ठले गठबन्धनका साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा उम्मेदवार कान्छाराम र प्रदेश क का तारानारायण श्रेष्ठ र प्रदेश ख का युवराज चौलागाईलाई भारी मत दिएर विजयी गराउनु पर्ने बताएका हुन् ।

उनले माओवादी र कांग्रेसकै योगदानको कारण अहिलेको व्यवस्था आएको बताउदै एमालेले पाइला पाइलामा संविधान मिच्ने काम गरेको बताए । शान्ति सम्झौतादेखि अहिलेसम्मको परिवर्तन हासिल गर्न माओवादी र कांग्रेस नै निर्णायक भएको बताउदै गत निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिए पनि एमालेका अध्यक्ष ओलीको अहंकारले गर्दा टिक्न नसकेको आरोप लगाए । उनले भने,‘संविधानको रक्षा गर्न अहिलेको गठबन्धन बनेको हो, राजनीतिक विचार फरक भएपनि संविधानको रक्षा गर्नका लागि गठबन्धन गरेर चुनावी मैदानमा उभिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्