रामेछापको विकासको मास्टर प्लान एमालेले बनाएको होः शान्ति पौडेल



१० कात्तिक, रामेछाप ।
प्रदेश सभा सदस्य रामेछाप प्रदेश क का लागि एमालेका उम्मेदवार शान्ति पौडेलले रामेछापको विकासको खाका एमालेले बनाएको बताएका छन् । उनले रामेछापको विकासको मास्टर प्लान एमालेलेले बनाएको बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै पौडेलले भने,‘रामेछापमा विकासको गतिमा अघि बढेको छ, आज रामेछाप जुन ठाउँमा आइपुगेको छ, त्यसको योजनाकार एमाले नै हो ।’

रामेछापको समग्र विकासका लागि एमालेले नै जित्नु पर्ने बताउदै उनले रामेछापलाई विकसित बनाउन योजना आफूहरुसँग रहेको बताए । सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार जरुरी छ, विपक्षसँग देश बनाउने कुनै योजना छैन, रामेछापमा एमालेका उम्मेदवारलाई जनताले जिताउछन, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्