रामेछापमा सत्ता गठबन्धनको जीत सुनिश्चित छः युवराज चौलागाई



११ कात्तिक, काठमाडौं ।
सत्ता गठबन्धनबाट रामेछाप प्रदेश सभा सदस्य ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाईले रामेछापमा गठबन्धनको जीत सुनिश्चित रहेको बताएका छन् । उनले गठबन्धनसँग संविधानको रक्षा गर्ने प्रतिबद्धता र रामेछापको विकास गर्ने स्पष्ट योजना रहेको बताउदै गठबन्धनको जीत सुनिश्चित रहेको बताएका हुन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका चौलागाईले गठबन्धनले मात्र रामेछापको विकास गर्न सक्ने बताए । रामेछापलाई समृद्ध बनाउने योजनासहित आफूले उम्मेदवारी दिएको बताउदै चुनावी अभियानको क्रममा जनताले गठबन्धनको पक्षमा ठूलो उत्साह ल्याएको बताए । विकासको गतिमा अघि बढदै गरेको रामेछापलाई थप विकसित बनाउनका लागि कृषि पर्यटन सडक, स्वास्थ्य शिक्षा रोजगारी लगायतको क्षेत्रमा धेरै सुधार गरेर अघि बढने चौलागाईले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्