शैलुङमा व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान उत्साहित (फोटोफिचर)



११ कात्तिक, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका किसानहरु परम्परागत खेती छोडेर व्यवसायीक खेतीतर्फ आर्कषित भएका छन् । कृषिको लागि उर्वर भूमिको रुपमा परिचित शैलुङ क्षेत्रमा सडकको पहुँच पुगेसँग किसानहरु व्यवसायीक खेतीतर्फ आर्कषित भएका हुन् । शैलुङ क्षेत्रमा पछिल्लो समय आलु खेती निकै फस्टाउदै गएको छ ।

आधुनिक प्रविधि र बिउ बिजनको सुविधा भएसँगै किसानहरु तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उत्साहित पनि भएका छन् । दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, टोकरपुर, डडुवा, गौश्वारा लगायतका क्षेत्रमा कोदो र मकै खेती गर्ने किसानहरू अहिले काउली, बन्दा, मुला, गाँजरलगायत खेती व्यवसायीक रूपमा गर्न थालेका छन् । गाउँमा उत्पादित तरकारीजन्य वस्तुलाई काठमाडौंसहित नजिकैको बजारसम्म सहजै पुर्याउन सक्ने भएपछि दैनिक लाखौ रुपैयाँको तरकारी निर्यात हुन थालेको छ ।

 

तस्बीरः दावा सङ्बु शेर्पा

प्रतिक्रिया दिनुहोस्