रामेछापको देउरालीमा सत्ता गठबन्धनको चुनावी सभाः उम्मेदवारको गलाभरी फुलमाला (फोटोफिचर)



१५ कात्तिक, रामेछाप ।
सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चुनावी अभियानलाई तीब्रता दिएको छ । लोकतान्त्रिक बाम गठबन्धन अन्तर्गत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा रामेछाप नगरपालिकाको देउरालीमा आज चुनावी सभा सम्पन्न भएको छ ।

गठबन्धनबाट रामेछापको प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम, प्रदेशसभा क का लागि गठबन्धनका साझा उम्मेदवार नारानारायण श्रेष्ठ र माओवादी रामेछापका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठलाई देउरालीमा पार्टीका कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका थिए । चुनावी सभामा उम्मेदवारलाई गलाभरि माला लगाइएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै माओवादी रामेछापका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठले रामेछापमा फराकिलो मतसहित गठबन्धनका उम्मेदवार विजयी हुने बताए । उनले संविधानको रक्षा गर्न र रामेछापको विकास गर्नका लागि गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेदवार नेपाली कांग्रेस रामेछापका सभापति कान्छारामले गठबन्धनको जित सुनिश्चित रहेको बताए । उनले गठबन्धनभित्र कुनै पनि विवाद नरहेको बताउदै भारी मत ल्याएर विजयी हुने दावी गरे ।

त्यसैगरी प्रदेश सभा क का उम्मेदवार तारानारायण श्रेष्ठले रामेछापको विकास गर्नका लागि गठबन्धनले नै जित्नु पर्ने धारणा व्यक्त गरे । समृद्ध रामेछाप निर्माण गर्नका लागि गठबन्धनसँग स्पष्ट भिजन गठबन्धनसँग रहेको बताउदै उनले गठबन्धनको पक्षमा जनताको विश्वास समेत रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्