रामेछापको धोवीमा एमालेको चुनावी सभाः प्रशासनको घमण्ड नगर्न गठबन्धनलाई ढुंगेलको चेतावनी (फोटोफिचर)



१५ कात्तिक, रामेछाप ।
नेकपा एमाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाभित्र चुनावी अभियान तीब्र बनाएको छ । रामेछापको एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नै एमालेले चुनावी अभियान तीब्र बनाएको हो । प्रदेश क र प्रदेश ख मा नै सञ्चालन भइरहेको चुनावी सभामा रामेछापका लागि एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलको दौडधुप पनि बढेको छ ।

चुनावी कार्यक्रम अन्तर्गत आज लिखु तामाकोसी गाउँपालिकाको धोवीमा एमालेले चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले सत्ता गठबन्धनलाई प्रशासनको घमण्ड नगर्न चेतावनी दिएका छन् । उनले गठबन्धनका उम्मेदवारहरुले प्रहरी प्रशासनको घमण्ड गरेकोप्रति असन्तुष्टि जनाउदै प्रहरी प्रशासन सबैको साझा भएको बताए ।

आफ्नो पार्टीलाई जनताको विश्वास भएकाले बताउदै आगामी निर्वाचनमा जित्नबाट कसैले पनि रोक्न नसक्ने बताए । उनले रामेछाप जिल्लाको विकासको खाका कोर्ने पार्टी एमाले नै भएकाले जनताले आगामी निर्वाचनमा पनि जिताएर पठाउने दावी गरे । त्यसैगरी प्रदेश सभा क का लागि एमालेका उम्मेदवार शान्ति पौडेलले रामेछाप जिल्लाको विकासका लागि एमालेले नै जित्नु पर्ने बताए । चुनावी सभा अघि एमालेका नेता कार्यकर्ताले धोवी बजार परिक्रमा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्