रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसक्योः कान्छाराम



१६ कात्तिक, रामेछाप ।
लोकतान्त्रिक बाम गठबन्धनबाट रामेछापका लागि प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गरेका छन् । उनले घरदैलपो अभियानको क्रममा जनताले गठबन्धनप्रति उत्साह नै निर्वाचनमा जितको आधार भएको बताएका हुन् । निर्वाचित भएपछि रामेछापको विकासको लागि योजनाबद्ध रुपमा काम अघि बढाउने बताउदै चुनावमा गरेको बाचा पुरा गरेरै छोडने बताए ।

मन्थली नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कान्छारामले भने,‘विगतमा पराजित भएर पनि रामेछापवासीकै सेवामा मन बचन र कर्मबाट लागेको छु, अब चुनाव जितेर पाँच बर्ष जिल्लावासीको सेवामा दत्तचित्त भएर लाग्छु, विकास निर्माणको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्छु ।’

प्रतिक्रिया दिनुहोस्