रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसक्योः कान्छाराम



१६ कात्तिक, रामेछाप ।
लोकतान्त्रिक बाम गठबन्धनबाट रामेछापका लागि प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले रामेछापमा गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गरेका छन् । उनले घरदैलपो अभियानको क्रममा जनताले गठबन्धनप्रति उत्साह नै निर्वाचनमा जितको आधार भएको बताएका हुन् । निर्वाचित भएपछि रामेछापको विकासको लागि योजनाबद्ध रुपमा काम अघि बढाउने बताउदै चुनावमा गरेको बाचा पुरा गरेरै छोडने बताए ।

मन्थली नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कान्छारामले भने,‘विगतमा पराजित भएर पनि रामेछापवासीकै सेवामा मन बचन र कर्मबाट लागेको छु, अब चुनाव जितेर पाँच बर्ष जिल्लावासीको सेवामा दत्तचित्त भएर लाग्छु, विकास निर्माणको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
hsJqNoWN7PzbB, YPDruVbNkWhsdpNS, GOxUc4unpyMhkl, ASHIRXgdT0SG6, tdc04JtPZzk, khZ14ulE, 0pUpN1OuUwqtrvK, PSLW, 91uTd0HdAOi3, EYBDAoemYvQy2Nqo