रामेछापमा विकास निर्माणका अधुरा काम पूरा गर्न एमालेले जित्नु पर्छः कैलाश ढुंगेल



१६ कात्तिक, रामेछाप ।
रामेछापको लागि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा एमाले नेतृत्वको सरकारले अघि बढाएर अधुरो रहेका विकास निर्माणका काम पूरा गर्न आफ्नो पार्टीले जित्नु पर्ने बताएका छन् ।

आफू बागमती प्रदेशका अर्थमन्त्री हुँदा रामेछापमा अहिलेसम्म हुन नसकेको विकास निर्माणको काम सुरुवात भएको दावी गर्दै उनले अनुरा योजना पूरा गर्नको लागि एमालेले नै जित्नुको विकल्प नभएको बताए । एमालेको भिजनको कारण छोटो समयमा नै रामेछापमा विकासले गति लिएको बताउदै ढुंगेलले बाँकी रहेका काम आफूहरु निर्वाचित भएपछि पूरा गर्ने बताए ।

सुनापति गाउँपालिकामा आयोजित चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै ढंगलले रामेछापवासीले विगतमा जिताएर पठाउदा आफू मन्त्री बनेर रामेछापको सेवा गर्ने अवसर पाएको बताए । उनले भने,‘ यस पटक पनि मत दिएर विजयी गराएर पठाउनुहोस, सांसद भएपछि पाँच बर्ष रामेछापवासीको सेवक भएर काम गर्छु ।’

प्रतिक्रिया दिनुहोस्