जम्काभेटः देवशकंर पौडेलले दिए शान्ति पौडेललाई जितको शुभकामना, भेटमा भावुक बने नेता



१७ कात्तिक, रामेछाप ।
चुनावी मैदानमा होमिएका दुई फरक पार्टीका नेताहरुबीच जम्काभेट भएको छ । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल प्रदेश क मा आफ्नो पार्टीका उम्मेदवार रमेश वस्नेतलाई जिताउन घरदैलो अभियानमा छन् । यता नेकपा एमालेबाट प्रदेश क का उम्मेदवार बनेका शान्ति पौडेलको टोली पनि अहिले चुनावी अभियानमा व्यस्त छन् ।

चुनावी अभियानमा हिडेका दुवै नेताहरुको आज लिखु तामाकोसी गाउँपालिका दुरागाउँको साब्रा खोला नजिकै जम्का भेट भएको हो । एमालेबाट विभाजित भएर एकीकृत समाजवादी पार्टी बनेसँगै दुई नेताको सम्बन्ध चिसिएको थियो । तर चुनावै मैदानमा उत्रिएका दुवै नेताहरुबीच साब्रा खोलामा हार्दिकतापूर्वक कुराकानी भएको थियो । भेटमा देवशकंर पौडेलले एमालेका उम्मेदवार शान्ति पौडेललाई माला लगाएर जितको शुभकामना दिएका थिए । भेटको क्रममा केही समय भावुक भएका नेताहरु अन्तिममा हासेर छुटिएका थिए ।

अन्य जिल्लामा गठबन्धनबीच सिट बाँडफाँड भएपनि रामेछापमा एकीकृत समाजवादीले एक सिट पनि नपाएपछि उम्मेदवारी दर्ता गराएको थियो । प्रतिनिधिसभामा उम्मेदवारी दिएका देवशकंर पौडेल र प्रदेश ख मा उम्मेदवार दिएका झम्क कडेलले उम्मेदवारी निष्कृय पारे पनि प्रदेश क मा उम्मेदवारी दिएका रमेश वस्नेताले भने उम्मेदवारी कायमै राख्दै भोट माग्न घरदैलो अभियानमा सक्रिय छन् । वस्नेतलाई जिताउने अभियानमा पौडेल दौडधुपमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्