चुनावी सभामा छमछमी नाचे उम्मेदवारद्धय कान्छाराम र चौलागाई (भिडियोसहित)



 

१७ कात्तिक, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनले चुनावी अभियान तीब्र बनाएको छ । घरदैलो अभियानसँगै गठबन्धनले चुनावी सभालाई समेत एक साथ अघि बढाएको छ । विहिवार मन्थली नगरपालिकाको चनखुमा गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेदवार बनेका कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङले गठबन्धले मात्र रामेछापको विकास गर्न सक्ने बताए । उनले आफूसहित प्रदेश ख मा गठबन्धनका साझा उम्मेदवार युवराज चौलागाईलाई पनि मतदान गर्न आग्रह गरे ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश ख का लागि गठबन्धनका साझा उम्मेदवार माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलागाईले रामेछापको विकासका लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए ।
सभा सम्पन्न भएपछि उम्मेदवारद्धय कान्छाराम र युवराज चौलागाई सभामा सहभागी नेता कार्यकर्ताहरुसँग छमछमी नाचेका थिए ।

https://www.facebook.com/yonjan.kulman/videos/3635565083343598

प्रतिक्रिया दिनुहोस्