रमेश वस्नेतलाई चुनाव जिताउन चुनावी मैदानमा पौडेल



१७ कात्तिक, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनबीच सहमति हुन नसकेपछि पनि नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारी दर्ता गराएको छ । रामेछाप प्रदेश क मा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेश वस्नेतले उम्मेदवारी दिएसँगै चुनावी घरदैलो अभियानमा जुटेका छन् । मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका वस्नेतलाई चुनाव जिताउनका लागि घरदैलो अभियानको नेतृत्व एकीकृत समाजवादी रामेछापेका जिल्ला इन्चार्ज देवशकंर पौडेलले गरेका छन् ।

लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिकाको विभिन्न वस्तीमा एकीकृत समाजवादी रामेछापले मत माग्ने कामलाई तीब्रता दिएको छ । एकीकृत समाजवादीले दुई वटा प्रदेशसभा मध्य एक पाउनु पर्ने अडान राखेको थियो । तर अन्तिम समयमा कांग्रेसले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभा माओवादीले लिएपछि समाजवादीले पनि छुट्टै उम्मेदवारी दर्ता गराएको थियो । ठूलो चुनावी सभा नगर्ने नीति लिएको समाजवादीले घरदैलो अभियानलाई भने तीब्रता दिएको छ ।
चुनावी अभियानमा जिल्ला इन्चार्ज पौडेल, उम्मेदवार रमेश वस्नेत लगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्