रामेछापको विकास कसरी गर्नुपर्छ भन्ने एमालेलाई मात्र थाहा छः ढुंगेल



१७ कात्तिक, रामेछाप ।
नेकपा एमालेबाट रामेछापको प्रतिनिधिसभा सदस्यको उम्मेदवार कैलाश ढुंगेलले रामेछापको विकास कसरी गर्नुपर्छ भन्ने विषय आफ्नो पार्टीलाई मात्र थाहा भएको बताए । रामेछापमा सडक, विद्युत र कृषिको आवधिक योजना एमालेले नै बनाएको बताउदै जिल्लाको विकास गर्ने एक मात्र योजना एमालेसँग मात्र रहेको बताएका हुन् ।

दोरम्बा शैलुङ गाउँपालिकाकाे टाेकरपुरमा आयोजित चुनाव काेण सभालाई सम्बोधन गर्दै उनले आफू बागमती प्रदेशको अर्थमन्त्री हुँदा रामेछापमा तीन बर्षको अवधिमा ७० किलोमिटर सडक कालोपत्रे भएको बताए । सत्ता गठबन्धनसँग जिल्लाको विकास गर्ने कुनै योजना नरहेको बताउदै ढुंगेलले समृद्ध रामेछापको सपनालाई एमाले साकार पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्