रामेछापमा ट्याक्टर दुर्घटनाः एक जनाको घटनास्थलमै मृत्यु, घाइतेलाई काठमाडौं लगियो



१९ कात्तिक, रामेछाप ।
रामेछापमा ट्याक्टर दुर्घटना भएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–५ चिलाउने संसरिडाँडा स्थितमा लिखुखोलाबाट चिलाउने संशरीडाँडातर्फ पसलको खाध्यन्न सामान लिई जादै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । उकालो बाटोमा रोकी राखेको अबस्थामा ट्याक्टरमा सवारबर्ष ३० को प्रेम कुमार सुनुवारले चलाउन खोज्दा ट्याक्टर ब्याक भई सडकबाट करिब ९० मिटर तल खस्न गई दुर्घटना हुदाँ प्रेम कुमार सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सो ट्याक्टरमा सवार बर्षै ३६ को निल कुमार सुनुवार र ३८ बर्षका हित बहादुर खत्री घाइते भएका छन् । दुबै जना घाईतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र डाँडाखर्क तर्फ पठाईएको छ । जस मध्य निल कुमार सुनुवार लाई थप उपचारको लागि काठमाण्डौ रिफर गरीएको र हित बहादुर खत्री डिस्चार्ज भएको प्रहरीले बताएको छ । प्रहरीले चाल उमाकुण्ड गाउँपालिका–६ का १८ बर्षिय चिनसाङ सुनुवारलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्