कान्छाराम र युवराज चौलागाईको गलामा एउटै माला



१९ कात्तिक, रामेछाप ।
सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले आफ्ना नेता कार्यकर्तालाई विश्वास दिलाउनका लागि विभिन्न माध्यमबाट प्रयोग गरेर गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । रामेछापमा प्रतिनिधिसभा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति पूर्ण बहादुर तामाङ कान्छाराम र प्रदेश ख मा माओवादीका उम्मेदवार युवराज चौलागाई  दुवै जनाको गलामा कार्यकर्ताहरुले एउटै माला लगाइदिएका छन् ।

गठबन्धनमा आबद्ध कांग्रेस र माओवादीले एकले अर्को दललाई भोट माग्दै आएका छन् । घरदैलो अभियानदेखि चुनावी सभासम्ममा गठबन्धनका उम्मेदवारलाई जिताउन नेताहरुले अपिल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्