एमाले रामेछापका नेता लामा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत, यी हुन एमाले छोडेर माओवादीमा प्रवेश गर्ने ४२ जना (नामसहित)



२० कात्तिक, काठमाडौं।
निर्वाचनको मुखमै नेकपा एमाले रामेछापका नेता रामकृष्ण लामा पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेले अहिलेको अभिभारा पूरा गर्न नसक्ने भन्दै उनले झण्डै दुई देशक भन्दा बढी एमालेको सक्रिय राजनीतिबाट विदा हुँदै माओवादीमा प्रवेश गरेका हुन् । एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका लामा लामो पछिल्लो समय एमालेसँग असन्तुष्ट बन्दै आएका थिए ।
एमाले छोडेर लामाको नेतृत्वमा आइतवार ४२ जना नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच एमालेका ४२ जना कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको नेकपा माओवादी सुनापति गाउँ कमिटीका कार्यवहाक अध्यक्ष बिबी तामाङले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा माओवादीका नेता लिलामणि पोखरेल, माओवादीका युवा नेता एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्