रामेछापका सिडियो रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरु मतदान स्थलको निरीक्षणमा (फोटोफिचर)



२० कात्तिक, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकदै जादा रामेछापमा सुरक्षा चासो पनि बढेको छ । जिल्लाभित्र हुने निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीसहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले जिल्लाभित्रकाे वस्तुस्थिति बुझने काम सुरु गरेका छन् । प्रजिअ रेग्मीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा कायम गरिएको विभिन्न मदादान स्थलसहित अन्य विषयमा जानकारी लिएका छन् ।

मतदान स्थल र मतदान केन्द्र, मतपेटिका टुवानी र सुरक्षा लगायतको विषयमा स्थलगत रुपमा बुझने काम भएको प्रजिअ शोभाखर रेग्मीले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा निकायका प्रमुखसहित तीन वटा गाउँपालिकाभित्रको मतदान केन्द्रको अनुगम गरिएको हाे ।

अनुगमन टोलीमा प्रजिअ रेग्मीसहित नयाँ गोरख गण रामेछापका गणपति दीपक टण्टन क्षेत्री, जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङ, शसस्त्र प्रहरी वल आश्रित गुल्म रामेछापका डिएसपी मुराहरि अधिकारी, सशस्त्र प्रहरी निर्वाचन क्षेत्र सुरक्षा वेसका डिएसपी रमेश भुवाजु, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रामेछापका प्रमुख अनुसन्धान अधिकृत टिकाराम घले लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
zlpLPQscs, rcKO4TE2, fEqnSJAkWN, i4wDo, Rmr3AEaNDS, S1RCDrAYpn6a, gbcI7Wmu3nBEPVtn, XxqN98, mS5qe