विश्व किर्तिमान कायमै राख्दै रामेछापका युवा लक्ष्मण सेन्चुरी (भिडियोसहित)



२१ कात्तिक, रामेछाप ।
रामेछाप मन्थली नगरपालिका–१ मन्थली निवासी लक्ष्मण सेन्चुरीले कठिन र दुर्लभ मानिएको काम गरेर विश्व किर्तिमान कायम गर्ने प्रयासमा अघि बढेका छन् । निरन्तर तरिकाले खुट्टाले वल च्यापेर उल्टी जम्प गर्ने यो दुर्लभ र जोखिम पूर्ण खेल उनले २० सेकेन्डमा पार गरेर अहिलेसम्म कायम गरिएको रेकर्ड तोडेका छन् ।


सदरमुकाम मन्थलीको जिसस भवन प्राङगनमा सोमवार आयोजित एक कार्यक्रमकोबीच सेन्चुरीले २० सेन्केन्डमा खुट्टाले वल च्यापेर ११ पटक जम्प गरेका छन् । गिनिज वुकमा नाम लेखेर विश्व कृतिमान राख्दै नेपालको गौरवतालाई बृद्धि गर्ने उद्देश्यका साथ आफु विगत देखिनै यस खेलमा लागेको उनले वताए । उनले हालसम्म गिनिज बुकमा यस्तो खेलमा १० पटक सम्म उल्टी जम्पको रेकर्ड रहेकोमा आफूले तोडदै ११ पटक कायम गरेको सेन्चुरीले रामेछाप न्युजलाई बताए । उनले आफूले कायम गरेको रेकर्डको भिडियो गिनिज बुकको वेभसाइटमा अपलोड गरेपछि रेडर्कको प्रमाणपत्र पाउने बताए ।

 

प्रतिक्रिया दिनुहोस्