रामेछापमा नमूना मतदान, कसरी गर्ने चार थरी मतपत्रमा मतदान ? (फोटोफिचर)



२१ कात्तिक, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रामेछापमा नमूना मतदान गरिएको छ । आज सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको मैदानमा नमूना मतदानमा कार्यक्रम सम्पन्न भएको हो । जमूना मतदान केन्द्रबाट मतपेटिका खोसिएको वा लुटिएको अवस्थामा प्रहरी तथा अन्य निकायले पालना गर्नुपर्ने आवश्यक भुमिकाका बिषयमा जनकारी सहितको नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन अधिकारी मधुकर साहले मतदान स्थलमा हुन सक्ने सम्भावित घटना र मत बदर हुनेबाट रोक्नका लागि नमूना मतदान गरिएको बताए ।

नमुना मतदान कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्मा, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । प्रजिअ रेग्मीले मतदानका क्रममा आईपर्ने समस्या तथा अप्ठ्याराहरुको समाधानसहितको नमूना अभ्यास गरिएको बताए । आगामी निर्वाचनमा चार वटा मतपत्र हुनेछ । प्रत्यक्ष तर्फ प्रतिनिभिसा र प्रदेशसभा, समानुपातिकतर्फ पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सहित मतदाताले ४ वटा मतपत्रमा मतपेटिका खसाल्नुपर्नेछ । जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा गरी ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र कायम गरिएको छ । रामेछापबाट कुल १ लाख ८० हजार मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्