रामेछापमा गठबन्धका उम्मेदवारकाे गलामा मालाको भारी (फोटोफिचर)



२३ कात्तिक, रामेछाप ।
भोट माग्न गाउँगाउँमा आएका सत्ता गठबन्धनका उम्मेदवारहरुलाई गलाभरी माला लगाएर चुनावी प्रतिबद्धता पूरा गर्न माग गरेका छन् । भोट माग्ने चुनावी सभा र घरदैलो कार्यक्रममा सहभागी गठबन्धनका प्रतिनिधिसभाका लागि साझा उम्मेदवार पूर्ण बहादुर तामाङ र प्रदेशसभा ख का उम्मेदवार युवराज चौलागाईलाई कार्यकर्ताहरुले थाम्नै नसक्ने गरी फुलको माला लगाइदिएका छन् ।

प्रदेश ख अ्रन्तर्गत मन्थलीको फुलासीबाट सुरु भएको चुनावी सभा दोरम्बा शैलुङ्ग गाउँपालिका हुँदै सुनापति गाउँपालिका आइपुगेको छ । यसैबीच सुनापति गाउँपालिका–२ दिमीपोखरीमा बुधवार आयोजित चुनावी सभामा गठबन्धनका दुबै उम्मेद्वारलाई १६० मिटर लामो ५१ केजीको एउटै फुलको मालाले कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

Exif_JPEG_420

 

प्रतिक्रिया दिनुहोस्