रामेछापमा एमालेको जितलाई गठबन्धनले रोक्न सक्दैनः कैलाश ढुंगेल



२६ कात्तिक, रामेछाप ।
रामेछापमा नेकपा एमाले बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा एमालेको जितलाई सत्ता गठबन्धनले रोक्न नसक्ने बताएका छन् । रामेछापमा विकास निर्माणको जग हाल्ने काम  आफ्नाे पार्टीले गरेको बताउदै उनले रामेछापमा अधुरो योजना पूरा गर्नका लागि पनि यस पटक जनताले जिताउने बताएका हुन् ।

शनिवार राजधानीमा रामेछाप– काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका ढुंगेलले प्रतिनिधिसभासहित रामेछापको दुवै प्रदेशसभा निर्वाचनमा एमाले विजयी हुने दावी गरे । उनले भने,‘समृद्ध रामेछाप बनाउने हाम्रो अभियानमा यस पटक रामेछापवासीले गठबन्धन भन्दैनन, एमालेलाई नै जिताएर पठाउछन ।’ विगतमा रामेछापवासीले आफूलाई जिताएर पठाएपछि अर्थमन्त्री भएर धेरै विकास निर्माणको काम सुरु गरेको बताउदै उनले यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएर पाँच बर्ष रामेछापको विकासमा योगदान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्