रामेछापमा यस्तो देखियो सत्ता गठबन्धनको अन्तिम चुनावी सभा (फोटोफिचर)



२७ कात्तिक, रामेछाप ।
सत्ता गठबन्धनले अन्तिम चुनावी सभा खाँडादेवी गाउँपालिकाको गोगनपानीमा सम्पन्न गरेको छ । चुनावी अभियान अन्तर्गत जिल्लाभित्र घरदैलोको साथै चुनावी सभा गरेको गठबन्धनले आज अन्तिम चुनावी सभा सम्पन्न गरेको हो । आजको सभालाई शक्ति प्रर्दशनको रुपमा समेत लिइएको छ । एमालेबाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार जन्मूमि समेत रहेको खाँडादेवी गाउँपालिकालाई नै गठबन्धनले अन्तिम चुनावी सभा गरेको छ ।
चुनावी सभामा नेपाली कांंग्रेस र नेकपा माओवादी केन्द्रका जिल्ला तहका सबै नेताहरुको सहभागीता रहेको थियो । जिल्ला तहको नेताहरु मार्फत निर्वाचनमा एक दलले अर्को दललाई मत दिनको लागि सन्देश दिएका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट रामेछापको प्रतिनिधिसभाका साझा उम्मेदवार नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले गठबन्धनको जितलाई एमालेले रोक्न नसक्ने बताए । उनले रामेछापको विकासको लक्ष्य गठबन्धनले मात्र पूरा गर्न सक्ने बताउदै यस पटक भारी मतको साथ रामेछापवासीले गठबन्धनलाई विजयी गराउने बताए ।
त्यसैगरी गठबन्धनबाट रामेछाप प्रदेश ख का साझा उम्मेदवार माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलागाईले रामेछापको विकास र समृद्धिको लागि रामेछापवासीले गठबन्धनलाई जिताउने बताए ।

प्रतिक्रिया दिनुहोस्