यस्तो देखियो रामेछापको दोरम्बामा एमालेको अन्तिम चुनावी सभा (फोटोफिचर)



२७ कात्तिक, रामेछाप ।
चुनावी प्रचार प्रसार अन्तर्गत नेकपा एमालेले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको दारम्बा बजारमा अन्तिम चुनावी सभा सम्पन्न गरेको छ । गत स्थानीय तहको निर्वाचनमा झिनो मतले पराजित भएको एमालेले आफ्नो मत बढाउनका लागि अन्तिम चुनावी सभा दोरम्बामा सम्पन्न गरेको हो । दोरम्बा रामेछाप प्रदेश ख का उम्मेदवार मिलन कुमार घिसिङको घर पनि हो । चुनावी सभामा गाउँपालिकाभित्रका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । चुनावी सभामा रामेछापबाट केन्द्रीय सदस्यसहित जिल्ला तहका नेताहरुको सहभागीता रहेको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा एमालेको जित सुनिश्चित रहेको बताए । जिल्लाको विकासका लागि विगतमा एमाले नेतृत्वको सरकार हुँदा गरेको कामलाई जनताले राम्रोसँग बुझेको बताउदै उनले काम गरेको आधारमा पनि यस पटक जिताउने बताए । ढुंगेलले भने,‘संघ र प्रदेशमा नै एमालेको जित्छ, रामेछापका जनताले विकास गर्ने पार्टी चिनेका छन्, बागमती प्रदेशको अर्थमन्त्री हुँदा पनि दोरम्बाको विकासमा काम गरेको हुँ, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दोरम्बा गाउँपिालिकाको विकासमा काम गर्छु ।’

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एमालेबाट प्रदेश ख का उम्मेदवार मिलन कुमार घिसिङले यस पटकको निर्वाचनमा रामेछापवासीले एमालेलाई जिताउने बताए । उनले भने विगत लामो समयदेखि पार्टीसँग सामाजिक कार्यमा पनि आफूले जिल्लाभित्र काम गरेको बताउदै यस पटक मत दिएर जिताउने बताए ।

प्रतिक्रिया दिनुहोस्