सुनापति गाउँपालिकाका १९ जना एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश (नामसहित)



२८ कात्तिक, काठमाडौं ।
नेकपा एमाले सुनापति गाउँपालिकाबाट १९ जना नेता कार्यकर्ता पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक साता अघि मात्र सुनापति गाउँपालिका एमालेका नेता रामकृष्ण तामाङको नेतृत्वमा माओवादीमा प्रवेश गरेसँगै आज पुनः एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् l

माओवादी प्रवेश गर्नेहरुमा एमाले जिल्ला कमिटीका सदस्य चक्रवती लामासहित रहेका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य शंकर लाखे ,एमाले सुनापती गाउँपालिका सचिव मान बहादुर ग्यापक लगायत रहेका छन् । नव प्रवेशीहरुलाई माओवादी केन्द्र बाग्मती प्रदेश इन्चार्ज हितमान शाक्यले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्