शैलुङ्ग घुम्नै पर्ने गन्तव्य होः प्रजिअ रेग्मी



२८ कात्तिक, रामेछाप ।
रामेछापका प्रम्ुख जिल्ला अधिकारी शोभाखर रेग्मीले पर्यटकीय गन्तव्य शैलुङ एक पटक घुम्नै पर्ने स्थल रहेको बताएका छन् । प्रजिअ भएपछि पहिलो पटक आज शैलुङको भ्रमण गर्दै उनले प्राकृतिक रुपमा निकै धनी र सुन्दर गन्तव्यको एक पटक अवलोकन गर्नुपर्ने बताएका हुन् ।

रामेछाप  न्युजसँग कु्राकानी गर्दै उनले भने,‘शैलुङ्गको बारेमा सुनेको मात्र थिए, आज पुगेर अवलोकन गर्दा छुट्टै अनुभूति भयो, हरेक नेपाली एक पटक शैलुङ्ग पुग्न जरुरी छ ।’ रामेछाप र दोलखाको संगमस्थल शैलुङ्गको पूर्वाधार विकाससँगै पर्यटन प्रबद्र्धन गर्नको लागि सरकारावाला निकायको ध्यान जान आवश्यक रहेको बताए ।

प्रजिअ रेग्मीसहित सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरु भ्रमणमा सहभागी रहेका थिए । चुनावी अवस्थाको बारेमा बुझन आएको रेग्मीसहितको टोलीले शैलङ्गको भ्रमण गरेको हो ।
तस्बीरः दावा शाङबु शेर्पा

प्रतिक्रिया दिनुहोस्